Kathmandu Press

‘जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छ’

‘कृषि प्रधान देशमा हामी परनिर्भर छौँ। बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ।’
‘जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छ’

ललितपुर, असोज ५ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)ले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको बताएकी छिन्।

मदन भण्डारी फाउन्डेसनको २५औं स्थापना दिवस तथा रजत जयन्ती समारोहमा उनले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्ने बताइन्। 

Hardik ivf

‘जबज क्रान्तिकारी परिवर्तनको नवीन विचार हो। कम्युनिष्ट पार्टीमा लागेर प्राप्त गरेको पद, प्रतिष्ठान पनि जबजको प्रतिफल नै हो। यसैका आधारमा सामाजिक जागरण र जनतालाई आत्मनिर्भर बजाउन क्रियाशील हुनुपर्छ,’ उनले भनिन्, ‘दलाल पुँजीवादको भरमा समाजवादमा पुग्न सकिँदैन, त्यसकारण आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ।’

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय पुँजीको प्रर्द्धन गरेर समाजवादमा पुग्न सकिने बताउँदै उत्पादन वृद्धि र व्यापारको सन्तुलन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिइन्। 

‘कृषि प्रधान देशमा हामी परनिर्भर छौँ। बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन,’ उनले भनिन्, ‘हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ।’

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गर्दै आएको बताइन्। ‘सीमित स्रोतसाधन र प्रतिकूलताका बीच पनि राष्ट्रिय जीवनका लागि काम गर्नु महत्वपूर्ण हो, रजत जयन्ती मनाउँदासम्म यसले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ,’ उनले भनिन्, ‘म पनि जबजकै स्कुलिङबाट आएको हुँ, फाउन्डेसनको सुरुआतले वामपन्थी आन्दोलनमा प्रगतिशील काम भएको छ। फाउन्डेसनलाई कम्युनिष्ट फलाउने शक्तिका रूपमा लिइएको छ, यसलाई साझा बनाउन सक्दा राम्रो हुन्छ।’

अहिले देशको मौलिक कला, संस्कृतिमाथि हस्तक्षेप भएको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले कला, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताइन्। 

प्रकाशित मिति: २१:०९ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्