Kathmandu Press

धनराज गुरुङमाथि छानविन भइरहेकाे छ, दोषी देखिए जेल जानुहुन्छ : महामन्त्री शर्मा

छानविनमा धनराज गुरुङ निर्दोष देखिए माला लगाएर कांग्रेसको नेतृत्वमा देखिने बताउँदै उनले दोषी देखिए जेल जाने उल्लेख गरे।
धनराज गुरुङमाथि छानविन भइरहेकाे छ, दोषी देखिए जेल जानुहुन्छ : महामन्त्री शर्मा

काठमाडौं, असोज ५ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ दल भन्दा पनि नयाँ प्रवृत्ति हुनु आवश्यक रहेको बताएका छन्। 

शनिबार कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहकारी ठगी प्रकरणमा नयाँ दलका अध्यक्ष आरोपी भएर पनि बचाउन खोजिएको बताएका हुन्।

Hardik ivf

उनले नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको  आरोप लाग्दा पनि दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न हुँदैन भनिरहँदा त्यो दल कतिको सक्षम होला भन्दै प्रश्न उठाए। पुरानो दल कांग्रेसका उपसभापति धनराज गुरुङमाथी पनि सहकारी ठगीको आरोप लागेकाले छानविन गर्नुपर्ने महामन्त्री शर्माले बताए। 
 
‘नयाँ दल भनेर हुँदैन नयाँ प्रवृत्ति हुनुपर्छ, नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्यो तर त्यो दलकाहरुले हाम्रो अध्यक्षमाथी छानविन गर्न पाईंदैन भनेर भन्यो,’ उनले भने, ‘पुरानो  दलको उपसभापति धनराज गुरुङलाई सहकारी ठगीको आरोप लाग्यो, उहाँ आफैंले संसदमा उभिएर ममाथि छानविन गर्नुस् भनेर भन्नुभयो। नयाँ दलको अध्यक्षलाई सहकारी ठगीको आरोप लाग्दैगर्दा उनीहरु भन्छन् छानविन गर्न मिल्दैन तर हामी भन्छौं उहाँमाथि छानविन हुनुपर्छ। उहाँमाथि छानबिन सुरु भएको छ।’

सीआईबीले छानबिन गरिरहेको बताउँदै उनले छानविन प्रक्रिया अवरुद्ध गर्न कांग्रेस नलाग्ने बताए। छानविनमा धनराज गुरुङ निर्दोष देखिए माला लगाएर कांग्रेसको नेतृत्वमा देखिने बताउँदै उनले दोषी देखिए जेल जाने उल्लेख गरे।

उनले निर्वाचनमा पपुलर भोट ल्याउने पार्टीले सरकार चलाउनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गर । शर्माले स्थिर सरकार नभई जनतामा देखिएको निराशा भत्काउन नसकिने बताए।
 

प्रकाशित मिति: १८:५८ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्