Kathmandu Press

यू–१७ साफ नेपाल पाकिस्तानसँग पराजित

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भयो।
यू–१७ साफ नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं, असोज ५ : नेपाल यू–१७ साफ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ८१ औं मिनेटमा खेलमा पाकिस्तानले अग्रता लियो। पाकिस्तानका अब्दुल सामदको कर्नरमा मोहमद तल्हाले हेडिङमार्फत गोल गरेका थिए। त्यसपछि गोल नहुँदा नेपाल पराजित भयो।

खेलमा नेपालले गोल थुप्र्रै अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन। पाकिस्तानले लामो समयपछि यू–१७ साफ च्याम्पियनसिप खेलेको हो।

अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ।  

खेपछि नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले राम्रो खेल्दा खेल्दै पनि टिम पराजित हुन पुगेका बताए। पाकिस्तानकी खेलाडीलाई हाइट एड्भान्टेज रहेको बताउँदै श्रीलंकाविरुद्धको खेल ३ प्वाइन्ट लिने गरी खेल्ने बताए। 
 

प्रकाशित मिति: १८:१६ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्