Kathmandu Press

साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो छ : सभामुख घिमिरे

शनिबार काठमाडौंमा आयोजित साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले साहित्यकै माध्यमबाट समाजमा चेतनाको विकास भएपनि हुनुपर्ने आवश्यक परिवर्तनहरु अझै नभएको बताए। 
साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो छ : सभामुख घिमिरे

काठमाडौं, असोज ५ : सभामुख देवराज घिमिरेले साहित्यमार्फत समाजमा हुनुपर्ने परिवर्तन अझै अधुरो रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उनले साहित्यकै माध्यमबाट समाजमा चेतनाको विकास भएपनि हुनुपर्ने आवश्यक परिवर्तनहरु अझै नभएको बताए। 

‘साहित्यकै माध्यमबाट समाजमा चेतना, उत्साह भर्ने धेरै कामहरु भए। तर समाज परिवर्तन गरिसकेपछि साहित्यले गर्नुपर्ने कामहरु के हो, अहिलेका युवा, महिलाहरुको कर्तव्य के हो र त्यो कसरी गर्न सकिन्छ,’ उनले भने, ‘समाज र साहित्य, राजनीतिप्रतिको दायित्व के हो भन्नेबारे गम्भीर समिक्षा गर्नुपर्ने देखिन्छ। यस्ता कुराहरुमा साहित्य जे काम गर्नुपर्ने थियो अझै अधुरो छ। त्यसले अझै दिशा निर्देश गर्न सकिरहेको छैन।’

सभामुख घिमिरेले साहित्यले समाजको सेवा गर्ने र साहित्यको माध्यमबाट चेतना र उत्साह भर्ने काममा योगदान गर्न जरुरी रहेको बताए। 

प्रकाशित मिति: १७:५९ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्