Kathmandu Press

नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्छ : महानायक हमाल 

वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाहरुले स्वविवेकले छनोट गर्न सुझाए। 
नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्नसक्छ : महानायक हमाल 

काठमाडौं, असोज ५ : महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन्।

शनिबार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं बानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबैखाले शिक्षा वा कोर्षका लागि क्यानाडा उत्कृष्ट गन्तब्य रहेकाले नेपाली युवाहरुले स्वविवेकले छनोट गर्न सुझाए। 

उनले नेपाली युवाहरुका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तव्य रहेपनि वैदेशिक शिक्षा रोज्नेहरुका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए। उनले पछिल्लो क्यानाडा पनि भरपर्दो गन्तव्य भएको बताए।

‘विद्यार्थीहरुलाई आफ्नो शैक्षिक भविष्य छनोट गर्ने अधिकार छ। आफ्नो शैक्षिक भविष्य निर्धारणका लागि खुला भएर सोच्न सक्छन्। आफूमा भएको उर्जा, प्रतिभा र क्षमतालाई प्रदर्शन गर्नका लागि स्वतन्त्र अधिकार प्रयोग गर्न सक्छन,’ उनले भने, ‘यद्यपि पछिल्लो समय क्यानाडा धेरै नेपालीहरुको उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै गएको दुइमत छैन।’
 

प्रकाशित मिति: १७:५६ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्