Kathmandu Press

माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह

‘सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन,’ उनले भने, ‘ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चामा जित्न सक्छौं।’
माओवादी घटकलाई एकताको प्रक्रियामा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौं, असोज ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनकारी शक्तिलाई एकताको प्रक्रियामा आउन पुनः आह्वान गरेका छन्।

शहिद प्रतिष्ठान नेपालको १५औं वार्षिक साधारणसभालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प नभएको बताए। 

Hardik ivf

‘सबै माओवादी एक ठाँउमा केन्द्रीत भएर अगाडि जानुको विकल्प छैन, सबैको मर्म एउटै छ, त्यसकारण पनि एक ठाँउमा आउनुको विकल्प छैन,’ उनले भने, ‘ढिलो नगरी हामी सबै एकताबद्ध होऔं, हामीले सबै मोर्चामा जित्न सक्छौं।’

आफ्नो नेतृत्वको सरकारले ‘जनयुद्ध’का शहिदलाई राष्ट्रिय शहिदको मान्यता दिएको र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको समेत उनले स्मरण गरे।

सरकारमा रहँदा जनयुद्धका शहिद, बेपत्ता र घाइतेका पक्षमा दूरगामी निर्णय गरेको उल्लेख गर्दै उनले विगतमा भएका निर्णय कार्यान्वयन गराउन सबैले दबाव दिनु आजको आवश्यकता भएको बताए।  

‘हाम्रा हजारौ शहिद नै हाम्रा शक्ति हुन्, उनीहरुको सपना पूरा गराउन लाग्नु आजको हाम्रो प्रमुख कार्यभार हो, हामी एकीकृत र केन्द्रीकृत हुने बित्तिकै हाम्रो शक्ति थप मजबूत हुन्छ, ढिलो नगरी छिट्टै एकताबद्ध भएर ठाँउमा केन्द्रीतकृत होऔं,’ अध्यक्ष दाहालले भने।

उनले ठूलो प्रयासपछि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संघीय संसदमा पारित भई राष्ट्रपतिबाट स्वीकृतसमेत भइसकेको स्पष्ट पार्दै अब आयोग गठनको प्रक्रिया अगाडि बढेको बताए। आयोगमा उपयुक्त व्यक्ति छनोटका लागि दबाब दिन आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ।

विस्तृत शान्ति सम्झौता, विगतमा भएका अन्य सहमति तथा सम्झौताका आधारमा पनि माओवादी एउटा पक्ष भएकाले कोही कसैले पनि बाहेक गर्न नसक्ने उनले उल्लेख गरे।

प्रकाशित मिति: १४:१९ बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्