Kathmandu Press

गीतकार आनन्दराज खनालको नयाँ गीत सार्वजनिक

काठमाडौं, बैखाश १ : गीतकार आनन्दराज खनालको दुईवटा नयाँ गीत सार्वजनिक गरेका छन्।

मनोज राज शिवाकोटीको संगीत तथा स्वर र बुद्ध स्याङ्वाको संगीत ....

गीतकार आनन्दराज खनालको नयाँ गीत सार्वजनिक

काठमाडौं, बैखाश १ : गीतकार आनन्दराज खनालको दुईवटा नयाँ गीत सार्वजनिक गरेका छन्।

मनोज राज शिवाकोटीको संगीत तथा स्वर र बुद्ध स्याङ्वाको संगीत संयोजनमा रहेको पहिलो गीत 'कस्तो रहेछ तिम्रो मन' मा मान्छेको मनको चित्रण गरिएको छ।

उनको दोस्रो गीतमा संगीत भरेका छन् वरिष्ठ संगीतकार दीपक जंगमले।  'तिमी बिनाको लामो बाटो' नामक उक्त गीतको संगीत संयोजन किरण कँडेलले गरेका छन् भने आवाज निशा देसारले दिएकी छन्।

दुबै गीत म्युजिक नेपालको युट्युब च्यानलमा लिरिकल भिडियो सहित उपलब्ध छ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिएका खनाल नेपाली संगीत क्षेत्रमा समेत सक्रिया छन्। 

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्