Kathmandu Press

राजस्व बढी उठाउने वडालाई उपहारमा ‘योजना’

आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै राजस्व उठाउने पहिलो भएको वडा नं ७ को कार्यालयले १० लाखको थप योजना पाएको छ। दोस्रो भएको वडा नं. ११ ले सात लाख र तेस्रो भएको वडा नं. १३ ले पाँच लाखको थप योजना प्राप्त गरेको छ।
राजस्व बढी उठाउने वडालाई उपहारमा ‘योजना’

नुवाकोट, असोज ५ : बेलकोटगढी नगरपालिकाले राजस्व बढी उठाउने वडालाई उपहारमा ‘योजना’ दिएको छ।

राजस्व बढी उठाउन प्रोत्साहन जगाउने उद्देश्यले पालिकामा रहेका १३ वटा वडामध्ये राजस्व बढी उठाउने पहिलो, दोस्रो र तेस्रो वडालाई उपहार स्वरुप थप योजना उपलब्ध गराएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।

उनको अनुसार कार्यपालिका बैठकबाट निर्णय भएअनुसार आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै राजस्व उठाउने पहिलो भएको वडा नं ७ को कार्यालयले १० लाखको थप योजना पाएको छ। दोस्रो भएको वडा नं. ११ ले सात लाख र तेस्रो भएको वडा नं. १३ ले पाँच लाखको थप योजना प्राप्त गरेको छ।

‘कार्यपालिकाको पूर्ण बैठकले राजस्व बढी उठाउने वडालाई योजना उपहार दिने निर्णय गरेअनुसार थप योजना उपलब्ध गराइएको छ,’ नगरप्रमुख गुरुङले भने, ‘उपहार स्वरुप पाएका योजना सम्बन्धित वडाले चाहेअनुसार पूर्वाधारको क्षेत्रमा लगानी गर्नुपर्नेछ।’

धेरै कर उठाउने वडाले योजना विनियोजनको क्रममा प्राथमिकता दिन माग राख्दै आएपनि नगरपालिकाले प्रंशसापत्रमार्फत सम्मान गर्ने गरेको थियो। 

गत आवको तथ्यांकका आधारमा योजना उपहार दिने निर्णय चालु आवदेखि कार्यान्वयनमा ल्याइएको हो। थप योजना दिने निर्णयले आगामी दिनमा वडा कार्यालयबीच स्वच्छ प्रतिस्पर्धामार्फत कर सङ्कलन अझै धेरै बढ्ने आशा लिएको नगरप्रमुख गुरुङको भनाइ छ। 

प्रकाशित मिति: ०७:१० बजे, शनिबार, असोज ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्