Kathmandu Press

गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा रवि लामिछानेले कसका नाममा कतिको चेक काटे ?

लामिछानेले गोर्खा मिडियाको सम्पूर्ण आर्थिक कारोबार जिबी राईले सम्हाल्ने र त्यसमा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्दै आएका थिए।
गोर्खा मिडियाको प्रबन्ध निर्देशक हुँदा रवि लामिछानेले कसका नाममा कतिको चेक काटे ?

काठमाडौं, असोज ४ । गोरखा मिडियाको प्रबन्ध निर्देशक रहँदा आर्थिक क्रियाकलाप जिबी (गितेन्द्रबाबु) राईले हेर्ने त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका रवि लामिछानेले करोडौं रकमको चेक काटेको खुलेको छ।

सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन महिना लगाएर छानबिन गरी शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनबाट लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा झन्डै २४ करोडको चेक काटेको खुलेको हो।

प्रतिवेदनअनुसार लामिछानेले नोबडी प्रोडक्सन प्रालिको नाममा दुईपटक  ६५ लाख ६७ हजार २८७ रूपैयाँ र एकपटक १ करोड २७ लाख ३ हजार १२५ रूपैयाँको चेक काटेका थिए।  

Hardik ivf

उनले नोबडी कन्स्ट्रक्टसनका लागि फरक फरक मितिमा पाँच पटक चेक काटेको खुलेको छ।

 त्यस्तै कला बिल्डिङ एन्ड कन्स्ट्रक्सन प्रालिलाई १ करोड ३५ लाख ६० हजार, कम्युनिकेशन एन्ड ब्रोडकास्टिङ प्रालिलाई ८ पटक चेक काटेका छन्।

लामिछानेले रश्मिता गुरागाइँ र शम्भु गुरागाइँका नाउँमा पनि विभिन्न मितिमा चेक काटेको प्रमाण छानबिन समितिले फेला पारेको छ ।

यस्तो छ लामिछानेले हस्ताक्षर गरेर काटिएको चेकको विवरणः

rabi-lamichhane-cheque-1726843403.JPG

rabi-lamichhane-cheque1-1726843403.JPG

प्रकाशित मिति: २०:३० बजे, शुक्रबार, असोज ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्