Kathmandu Press

गोरखा मिडियाका संस्थापक जोशीको बयान– आफ्नो सेयरबाट रविलाई १५ प्रतिशत शेयर दिएको हुँ 

जोशीको उक्त बयानका कारण लामिछानेमाथि छानविन कारबाहीका लागि अनुसन्धान गर्ने आधार देखिएको छ। बयानको सबाल नम्बर ६ मा जोशीले उक्त भनाई राखेका छन्। 
गोरखा मिडियाका संस्थापक जोशीको बयान– आफ्नो सेयरबाट रविलाई १५ प्रतिशत शेयर दिएको हुँ 

काठमाडौं, असोज ४ : गोरखा मिडिया नेटवर्कका संस्थापक साझेदार रहेका छविलाल जोशीले गोरखा मिडिया नेटवर्कमा आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिइएको बयान दिएका छन्। 

जोशीले सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिलाई यस्तो बयान दिएका हुन्। समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भइसकेको छ। 

जोशीले सुरुमा जीबी राई र आफ्नो मात्रै ५०–५० प्रतिशत सेयर रहे पनि पछि आफ्नो सेयरबाट १५ प्रतिशत लामिछानेलाई दिइएको बयानमा खुलाएका छन्। जोशीको उक्त बयानका कारण लामिछानेमाथि छानविन कारबाहीका लागि अनुसन्धान गर्ने आधार देखिएको छ। बयानको सबाल नम्बर ६ मा जोशीले उक्त भनाई राखेका छन्। 

‘मेरो नाममा रहेको ५० प्रतिशत शेयर मध्ये १५ प्रतिशत रवि लामिछानेलाई विक्री गरिएको थियो। मेरा नाममा ३५ प्रतिशत शेयर कायम गरी रवि लामिछानेको नाममा १५ प्रतिशत शेयर र जिवी राईको नाममा ५० प्रतिशत शेयर रहने गरी कम्पनीको चुक्ता पुँजी ५ करोडबाट १२ करोड बनायौं । त्यसपछि कम्पनीको लागि ऋण लिने प्रक्रियामा नेपाल बैंक लि.को न्युरोड शाखामा म, रवि लामिछाने र लेखा प्रतिनिधि गएका थियौं।’ 

प्रकाशित मिति: १८:४० बजे, शुक्रबार, असोज ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्