Kathmandu Press

प्रधानमन्त्री ओली दोहामा

विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए। 
प्रधानमन्त्री ओली दोहामा

काठमाडौं, असोज ४ : संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा प्रधानमन्त्री केपी ओली कतारको दोहा आइपुगेका छन्। 

प्रधानमन्त्री ओली शुक्रबार बिहान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो १ बजेर ३५ मिनेटमा हमाद अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए। 

विमानस्थलको विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरुले स्वागत गरेका थिए। 

प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्