Kathmandu Press

एन्फा महिला लिग : कोशीविरुद्ध एपिएफको फराकिलाे जित

एपिएफलाई सानदार जित दिलाउन राष्ट्रिय टिमकी स्ट्राइकर रश्मीकुमारी घिसिङले ५ गोल गरिन् भने अनिता केसी २ र अनिता बस्नेत १ गोल गरे।
एन्फा महिला लिग : कोशीविरुद्ध एपिएफको फराकिलाे जित

काठमाडाैं, असाेज ४ : जारी एन्फा महिला लिगमा विभागीय टिम एपिएफ क्लबले फराकिलो जित निकलोको छ। शुक्रबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले कोशी प्रदेशमाथि ८–०को फराकिलो जित निकाल्यो।

एपिएफलाई सानदार जित दिलाउन राष्ट्रिय टिमकी स्ट्राइकर रश्मीकुमारी घिसिङले ५ गोल गरिन् भने अनिता केसी २ र अनिता बस्नेत १ गोल गरे।

पाँचौं मिनेटमा अनिता केसीको गोलमा एपिएफले अग्रता लियो। १९औं मिनेटमा अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन्। पहिलो हाफ २–०मै सकियो। तर, दोस्रो हाफमा भने एपिएफ पूर्ण रुपमा हावी भएको थियो। 

५६औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाइन्। ८०औं मिनेटमा कोशी १० खेलाडीमा समेटियो। उसकी नेहाकुमारी चौधरी दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन्। त्यही फ्रिकिकमा अनिता केसीले गोल गरेकी थिइन्।

त्यसपछि एपिएफ पूर्णरुपमा हावी भयो। रश्मीले ८ मिनेटमा ४ गोल गरेपछि एपिएफ ८–०ले विजयी भयो। रश्मीले ८१, ८५, ८७ र ८८औं मिनेटमा गोल गरेकी थिइन्। 

यो जितसँगै अपराजित रहेको एपिएफ लिगको शीर्ष स्थानमा छ। उसले ७ खेलबाट ६ जित र १ बराबरीसँगै १९ अंकका जोडेको छ। कोशी भने ७ खेलमा ३ जित, १ बराबरी र ३ हारसहित १० अंकसहित पाँचौं स्थानमा छ।

प्रकाशित मिति: १७:१६ बजे, शुक्रबार, असोज ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्