Kathmandu Press

नयाँ वर्षमा नेपथ्यले ल्यायाे ‘छोटो गीत’

काठमाडौं, वैशाख १ : नयाँ वर्षमा नेपथ्यले आफ्नो पुरानो एल्बम ‘भेडाको ऊनजस्तो’बाट बित्न लागेको समयअवधिलाई बाँधेर एउटा गीत युट्युबमा सार्वजनि....

नयाँ वर्षमा नेपथ्यले ल्यायाे ‘छोटो गीत’

काठमाडौं, वैशाख १ : नयाँ वर्षमा नेपथ्यले आफ्नो पुरानो एल्बम ‘भेडाको ऊनजस्तो’बाट बित्न लागेको समयअवधिलाई बाँधेर एउटा गीत युट्युबमा सार्वजनिक गरेको छ।

यसको नाम दिएको ‘छोटो गीत।’ यस गीतमा कोरोना भाइरसले त्रसित बनेका आममानिसको व्यथा उधिनेको आभास गर्न सकिन्छ। गीतको भिडियोमा आकाश, अस्ताउन लागेको सूर्यको मलिन किरण र छालको तालमा बगिरहेको समुन्द्र देख्न सकिन्छ।

Hardik ivf

नयाँ वर्षको उपहारमा रिलिज गरिएको यस गीतले मर्मस्पर्शी भाव बोकेको छ। एक मिनेट ४९ सेकेन्ड रहेको यस गीतको भिडियोमा देखिने दृश्यमा दक्षिण अस्टे«लियाको एडिलेडस्थित रहेको समुन्द्रको लहर देख्न सकिन्छ।

पूराना दिनलाई बिदाई गरी नयाँ दिन अर्थात नव वर्षसँगै जीवनको आशा किरणलाई यस गीतमा स्वागत गरको छ, नेपथ्यले।

डानियल डन कार्थकको शब्द तथा संगीत रहेको गीत दर्शकको मायालाई सम्झदै भिडियो बनाएको नेपथ्यले जनाएको छ। अबको दिनमा पनि पुराना गीतलाई भिडियो बनाएर युट्युबमा सार्वजनिक गर्ने जनाएको छ।

अमृत गुरुङले ट्वीटरमा लेखेका छन््, ‘२०७६ लाई धन्यवाद र विदा। २०७७ को शुभकामना। भर्खर सार्वजनिक यो म्युजिक भिडियामार्फत यो रात काट्ला नकाट्ला, भोलि आउला या नआउला, फेरि भेट होला नहोला, यो छोटो गीत तिमीलाई, फेरि नभेटेसम्मलाई, यदि फेरि भेटै नभए, साँचिराख्नू सम्झनालाई।’

प्रकाशित मिति: १९:३१ बजे, सोमबार, वैशाख १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्