‘दलितलाई खै?’ आन्दोलन स्थगित
उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने बताए।-(3)-1726829906.jpg)
काठमाडौं, असोज ४ : विभेदविरुद्ध दलितका लागि दलित अभियानको नेल लगाएर प्रदर्शन गरेको ४५ दिन पूरा भएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्नसहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जनाएका छन्।
संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन्। उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने बताए।
‘६ महिना पछाडि फेरि यहीँ वार की पार हुनेगरी तयारीका साथ काठमाडौं आउनेछौं। केही समयका लागि कार्यक्रम स्थगित भएको छ,’ उनले भने, ‘सरकारको उधारे सम्झौता भन्दा जनताको आन्दोलन मजबुत बनाउनुपर्छ भन्ने ध्यान र लक्ष्य छ।’
लितका लागि दलित अभियानका संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन गर्दै आएका थिए।












