Kathmandu Press

सहकारी छानबिन समितिको प्रतिवेदन : गोर्खा मिडियाको कारोबारमा रवि लामिछानेकै संलग्ननता

‘तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ,’ समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
सहकारी छानबिन समितिको प्रतिवेदन : गोर्खा मिडियाको कारोबारमा रवि लामिछानेकै संलग्ननता

काठमाडौं, असोज ४ : गोर्खा मिडियाको कारोबारका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष सहकारी छानबिन समितिको छ। 

समितिले गरेको सोधपुछका क्रममा लामिछानेले गोर्खा मिडियाको आर्थिक कारोबारमा जिवी राई नै जिम्मेवार हुने बताएका थिए। तर, आर्थिक कारोबार हेर्दा लामिछाने नै संलग्न रहेको देखिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। लामिछानेले समितिमा गलत बयान दिएको उसको निष्कर्ष छ। 

Hardik ivf

‘तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आर्थिक कारोबारमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवी लामिछानेले नै कारोबार गर्न गरेको पाइएको छ,’ समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

यस्तै, समितिले गोर्खा मिडियाका सञ्चालकहरुले ‘आफ्नो शक्तिको गलत उपयोग गरेको’ निष्कर्ष पनि निकालेको छ। 

गोर्खा मिडियाले कारोबार र वित्तिय विश्लेषण गरेको समितिले कुनै नाम किटान नगरी सञ्चालकहरू जीवी राई, रवि लामिछाने, छविराज जोशी र कुमार रम्तेलले शक्तिको गलत उपयोग गरेको समितिको ठहर छ। 

‘कुनै पनि सहकारी संस्थाले प्राकृतिक व्यक्तिबाहेकलाई ऋण प्रदान गर्नु हुँदैन र लगानी समेत गर्नु हुँदैन तर सञ्चालकहरुले सहकारी संस्थामा आफ्नो शक्तिको गलत उपयोग गरी अत्यधिक रुपमा ऋण लिई कम्पनीलाई ऋण प्रदान गरी सहकारी संस्थाहरुको रकम अपचलन गरेको पुष्टि हुन्छ,’ समितिले प्रतिवेदेनमा लेखेको छ।

यसैगरी विभिन्न पाँच सहकारी संस्थाका नामबाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै गारेखा मिडिया नेटवर्कको खातामा जम्मा भएको देखिएको पनि प्रतिवेदनमा छ। प्रतिवेदनअनुसार २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सिधै र ४३ करोड ७ लाख रुपैयाँ भने अन्य व्यक्ति तथा संस्थाको नाम गरी गोरखा मिडिया नेटवर्कमा कुल ६५ करोड ५४ लाख रुपैयाँ पैसा आएको देखिएको छ। 

प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्