सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ? [पूर्णपाठ]
प्रतिवेदनमा सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ।![सहकारी छानबिन समितिको प्रतिवेदनमा के छ? [पूर्णपाठ]](https://kathmandupress.com/uploads/posts/ppp-1726824049.jpg)
काठमाडौं, असोज ४ : सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले छानबिन समितिको पूर्ण प्रतिवेदन बिहीबार वेबसाइटमा सार्वजनिक गरेको हो।
एमाले सांसद सूर्यथापा संयोजकत्वको छानबिन समितिले ९९ दिन लगाएर तयार गरेको प्रतिवेदन सोमबार प्रतिनिधिसभालाई बुझाएको थियो।
प्रतिवेदनमा सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ।
सहकारी छानबिन समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ।
समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएका थिए। तर, आर्थिक कारोवार हेर्दा रवि लामिछाने नै कारोवारमा संलग्न रहेको भन्दै समितिले उनको बयान यथार्थपरक नभएको निष्कर्ष निकालेको हो।
हेनुस् प्रतिवेदनकाे पूर्णपाठ












