Kathmandu Press

‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण बढ्न थाल्यो’

राजनीति आफैंमा फोहोरी खेल होइन, तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको उनले बताए। राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेमा पनि उनले जोड दिएका थिए।
‘राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण बढ्न थाल्यो’

काठमाडौं, असोज ४ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले राजनीतिक अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका छन्।

संविधान दिवसको उपलक्ष्यमा आयोजित सांस्कृतिक पुरस्कार २०८१ कार्यक्रममा बोल्दै उनले राजनीति आफैंमा फोहोरी खेल नभएको तर राजनीतिलाई गलत रुपमा प्रयोग गर्ने गरिएको बताए। उनले राजनीतिमा अपराधिक क्रियाकलापको अन्त्य हुनुपर्नेमा पनि जोड दिएका थिए।

Hardik ivf

उनले भने, ‘राजनीति चाँही अहिले फोहोरी हुँदै गएको छ। पहिला पनि राजनीति भनेको चाहीं फोहोर खेल हो भनेर शिक्षकहरुले विद्यार्थीहरुलाई सिकाइरहेको पाइन्थ्यो। त्यो गलत कुरा थियो, राजनीति फोहोरी खेल होइन। तर राजनीतिमा जुन किसिमको अपराधिक क्रियाकलाप र अपराध राजनीतिकरण भइरहेको छ त्यो अन्त्य हुनुपर्छ।’

उनले संविधानको आयु लामो बनाउने हो भने परिवर्तनको र संशोधनका गुञ्जायस खोज्नुपर्ने धारणा राखे। अहिलेसम्म धेरैपटक संशोधन गरेकैले संविधानहरु जीवित रहेको बताउँदै समयअनुकुल परिवर्तन गरे मात्र संविधानलाई जीवित राख्न सकिने बताए। धेरै पटक संशोधन गरेको संविधानहरु नै जीवित रहेको उनको भनाइ छ।

उनले आज देशका समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको भएतापनि समस्याको पहिचानमा नै अन्यौलता रहेको बताए।
 

प्रकाशित मिति: १४:०७ बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्