Kathmandu Press

मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेपछि मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

राष्ट्रपति कार्यालयले सिंहलाई प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य प्रधानमन्त्रीको सिफारिसमा तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्।

प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्