Kathmandu Press

कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन्।
कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण
फाइल तस्बिर।

काठमाडौं, असोज ४ : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ। 

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन्।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए। उनले ज्वरोले जिउ गलेपछि दाङ जाने कार्यक्रम स्थगित गरेको बताएका छन्। 

पाँच दिनअघि विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो। 

प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, असोज ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्