Kathmandu Press

देउवा रिसाएको एक सेकेण्डमा सरकार ढल्छ : रवि लामिछाने

'टिसर्ट लगाएको मान्छे समाएको छ। कराएको मान्छे समाएको छ,' उनले भने।
देउवा रिसाएको एक सेकेण्डमा सरकार ढल्छ : रवि लामिछाने
फाइल तस्वीर।

काठमाडौं, असोज ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले बनेको दुई तिहाईको सरकार सबैभन्दा अस्थिर रहेको दाबी गरेका छन्।

बिहीबार पार्टीले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले सत्तापक्षले स्थिर सरकार दाबी गरेपनि सबैभन्दा अस्थिर रहेको बताएका हुन्।

Hardik ivf

'संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो। अस्थिरता छ। अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ। एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन,' उनले भने।  

त्यसकारण वर्तमान संसदमा सरकार बनाउनको लागि दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नरहेको उनले बताए। उनले दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्नेमा त्यस्तो नदेखिएको बताए।

'मन्त्रीहरूमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ। कराएको मान्छे समाएको छ,' उनले भने। लामिछानेले उपसभामुखलाई हटाउने लगायतका काम नगर्न पनि वर्तमान सरकारलाई आग्रह गरे।

उनले  संविधान संशोधनको नाममा आफ्नो राजनीतिक इन्ट्रेष्टको सौदावाजी गर्न गर्न नपाइने पनि बताए।

'संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन। सुन्दा सुन्दर सुनिन्छ। संविधान संशोधन गरेर केही गर्न खोज्यो तर त्यस्तो हुन गएको देखिएको छैन,’ उनले भने।

सभापति लामिछानेले सविधानमा शासकीय सुधारमा हामीले प्रत्यक्ष प्रधानमन्त्रीको विषयमा रास्वपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने र प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल राख्ने भन्दै आएको बताए।   

प्रकाशित मिति: २०:०९ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्