Kathmandu Press

माओवादीको पदाधिकारी बैठकमा अखिल क्रान्तिकारीको महाविधेशनबारे छलफल

नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ।
माओवादीको पदाधिकारी बैठकमा अखिल क्रान्तिकारीको महाविधेशनबारे छलफल

काठमाडौं, असोज ३ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका जनवर्गीय सङ्गठनलाई थप प्रभावकारी बनाउने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले पार्टीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महाधिवेशनका सम्बन्धमा छलफल भएको प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

विद्यार्थी सङ्गठनको महाधिवेशन असोजको पहिलो साता तय भएको भए पनि आवश्यक तयारी पूरा नभएको भन्दै  केही दिन सारिएको हो । सोही सन्दर्भमा पदाधिकारी बैठकमा छलफल भएको उनको भनाइ छ।

पार्टी अध्यक्ष, महासचिव, विद्यार्थी मोर्चा हेर्ने प्रमुख र विद्यार्थी सङ्गठनका अध्यक्ष बसेर महाधिवेशनको नयाँ मिति तय गरिने उनले बताए।

यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको काम कारबाही एवं देशभर भएका बैठक तथा छलफलका बारेमा विचार विमर्श भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

मुलुकभरि अनेकन प्रकारका अराजकता देखापरेकामा माओवादी केन्द्रले चिन्ता व्यक्त गरेको छ । 'पार्टीलाई एकताबद्ध गर्नुपर्छ । जनवर्गीय सङ्गठनलाई एकताबद्ध बनाएर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,' सापकोटाले भने।

प्रकाशित मिति: १९:३८ बजे, बिहीबार, असोज ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्