Kathmandu Press

संविधान संशोधनका लागि माओवादीसँग सहकार्य जरूरी छ : महामन्त्री शर्मा

उनले बदलिँदो परिस्थिति अनुसार संविधान संसोधन गर्दा कांग्रेसले संयमता अपनाउने पनि बताए। 
संविधान संशोधनका लागि माओवादीसँग सहकार्य जरूरी छ : महामन्त्री शर्मा

ललितपुर, असोज ३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गर्नुपर्ने बताएका छन्। 

नेपाली कांग्रेसको पेसागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘संविधान संशोधन : आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधान संसोधन गर्दा सहकार्य गर्नुपर्ने तर माओवादी केन्द्र आवेगमुक्त हुनुपर्ने बताएका हुन्। 

Hardik ivf

'संविधान संशोधनमा एमाले र माओवादी केन्द्रलाई सँगसँगै लिएर जानुपर्छ, माओवादी केन्द्रसहितको सहकार्य जरुरी छ, उसले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ, माओवादी केन्द्रले आवेगमुक्त भएर संशोधनमा सहयोग गर्नुपर्छ,' उनले भने।

उनले बदलिँदो परिस्थिति अनुसार संविधान संसोधन गर्दा कांग्रेसले संयमता अपनाउने पनि बताए। 

'आवश्यकताअनुसार संविधान संशोधनको विषय दशकौँसम्म चलिरहन्छ, बदलिएको नागरिकको आवश्यकताअनुसार त्यस बेला रुपान्तरण गर्दै लैजानुपर्छ, संघीयता, समानुपातिक समावेशीको जगमा अडिएर संविधान संशोधन गर्दै गर्दा यसलाई अझ बलियो बनाउने काम हुन्छ, कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिबद्ध छ,' महामन्त्री शर्माले भने।

हरेक दलका बिमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले संशोधनका विषयमा सबै दलबीच भएको सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्ने बताए।

 महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आसन पाएको तर शासन नपाएको गुनासो गरेको बताउँदै त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुन बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढिरहेको बताए।

संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको पनि कुनै औचित्य नहुने उनको भनाइ थियो।

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्