देशप्रति नकारात्मक टिप्पणी गर्ने होइन, एकताबद्ध हुने समय हो : राष्ट्रपति पौडेल
बेथिति र अनियमितताले राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाउने चिन्ता सर्वत्र भइरहेको बताउँदै राष्ट्रपति पौडेलले भ्रष्टाचारमा शून्य सहनशिलतालाई कडाइका साथ कार्यान्वयनका लागि संकल्प गर्नुपर्ने बताए।काठमाडौं, असोज ३ : राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन्।
संविधान दिवसको अवसरमा बिहीवार शितलनिवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिले एकतावद्ध हुने र आफैप्रति विश्वस्त हुने समय भएको बताएका हुन् ।
'हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैभित्र आशाको नयाँ दियो बालौं। किनभने यो निराश बन्ने समय होइन। यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन,’ राष्ट्रपति पौडेलले भने, ‘यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन। यो एकतावद्ध हुने समय हो । आफैँप्रति विश्वस्त हुने समय हो ।’
राष्ट्रपति पौडेलले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताए ।
बेथिति र अनियमितताले राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाउने चिन्ता सर्वत्र भइरहेको बताउँदै राष्ट्रपति पौडेलले भ्रष्टाचारमा शून्य सहनशिलतालाई कडाइका साथ कार्यान्वयनका लागि संकल्प गर्नुपर्ने बताए।
मुलुकको समृद्धिको यात्रामा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउँदै राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्नुपर्ने आवश्यकता पनि राष्ट्रपति पौडलले औंल्याए।