Kathmandu Press

कांग्रेस र एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छ: डिला संग्रौला

उनले जनताले पनि गठबन्धन किन गरेको भन्ने प्रश्न गर्ने र त्यसबेलामा जनतालाई चित्तबुझ्नेगरी जवाफ दिन सक्नुपर्ने पनि बताइन्।
कांग्रेस र एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छ: डिला संग्रौला

काठमाडौं, असोज ३ :  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले कांग्रेस र एमालेबीच गठबन्धनको औचित्य पुष्टी हुनुपर्ने बताएकी छन् ।

बिहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक विचार गोष्ठीमा संग्रौलाले दुई ठूला दलले गठबन्धन गर्नुको औचित्य पुष्टी हुनुपर्ने बताएकी हुन्।

Hardik ivf

उनले जनताले पनि गठबन्धन किन गरेको भन्ने प्रश्न गर्ने र त्यसबेलामा जनतालाई चित्तबुझ्नेगरी जवाफ दिन सक्नुपर्ने पनि बताइन्।

उनले  संविधानमा देखिएका जटिलता, चुनौति र समस्यालाई आत्मसाथ गर्दै विभिन्न भाषाभाषी, धर्म, लिंग, बर्णहरुको समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै संविधान संशोधन हुनुपर्ने पनि बताइन्।

संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने बताउँदै संग्रौलाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गरिन्।

प्रतिनिधिसभा र प्रदेश सभामा ३३ प्रतिशत महिलाहरुको उपस्थिति रहेपनि त्यो अपुग भएको उनको भनाइ छ।

प्रकाशित मिति: १८:४१ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्