संविधान संशोधन जनताको चाहनाअनुसार हुनुपर्छ : स्वर्णिम वाग्ले
रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा उपसभापति वाग्लेले संविधान संशोधनमार्फत प्रदेशसभाको संरचना व्यापक परिवर्तन र स्थानीय तहको संख्या घटाउन उपयुक्त हुने बताएका हुन् ।काठमाडौं, असोज ३ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संविधान संशोधन जनताको चाहनाअनुरुप समयानुकूल हुनुपर्नेमा जोड दिएका छन्।
रास्वपा संसदीय दलले काठमाडौंमा आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा उपसभापति वाग्लेले संविधान संशोधनमार्फत प्रदेशसभाको संरचना व्यापक परिवर्तन र स्थानीय तहको संख्या घटाउन उपयुक्त हुने बताएका हुन् ।
'बोझिलो र खर्चिलो मानिएको प्रादेशिक संरचनालाई व्यवस्थित गर्ने कोणबाट छेडिएको बहसलाई एउटा निष्कर्षमा पुर्याउनुपर्छ,' उनले भने, 'कानुनी र आर्थिक पाटोबाट बलियो, स्वच्छ र सुदृढ सङ्घीय सरकार, समन्वय र प्रभावकारी प्रदेश तथा जनतालाई चुस्त सेवा प्रवाह गर्ने छरितो स्थानीय तह हुनुपर्छ।'
उनले संविधान ऐन, नियम, कानुन कसरी बनाउने भन्ने राजकीय शक्तिको सङ्ग्रह र गतिशील दस्तावेज भएको पनि बताए । उनले संविधान मन्थनबाट संविधान, ऐन, नियम, कानुन तथा राज्यका महत्वपूर्ण नीति र पद्धतिका विषयमा पार्टी पङ्क्ति दीक्षित हुने विश्वास व्यक्त गरे ।