Kathmandu Press

फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

फिफाले बिहीबार गरेको नयाँ अपडेट अनुसार नेपाल १ स्थान तल झर्दै १७६औं स्थानमा आइपुगेको छ। 
फिफा वरियतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडाैं, असाेज ३ : फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार गरेको नयाँ अपडेट अनुसार नेपाल १ स्थान तल झर्दै १७६औं स्थानमा आइपुगेको छ। 

तीन महिनायता कुनै पनि खेल नखेलेको नेपाल नेपाल यसअघि १७५औं स्थानमा थियो। नेपालले अन्तिम पटक गत जुन ११ यमनसँग खेलेको थियो।

दक्षिण एसियमा भारत शीर्ष स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ।  भारत १२६औं स्थानमा छ भने दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औं स्थानमा छ। 

चौथोमा रहेको भुटान १८४औं, पाँचौंमा रहेको १८६औं, छैटौंमा रहेको पाकिस्तान १९७औं  र दक्षिण एसियाको पुछारमा रहेको श्रीलंका २००औं स्थानमा छ।

फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमै यथावत छ। फ्रान्स स्थानमा रहँदा तेस्रो स्थानमा युरोकप विजेता स्पेन छ भने चौथोमा इंग्ल्यान्ड र पाँचौंमा ब्राजिल छन्।

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, असोज ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्