Kathmandu Press

प्रभु साहको प्रश्न- ओलीजी साँच्चै नेपाल र नेपाली जनताको प्रधानमन्त्री हो ?

उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको भन्दै हिजो पञ्चायतकालमा जनप्रतिनिधिहरु राजाबाट डोमिनेट भएजस्तै आज दलबाट डोमिनेट भएको बताए । 
प्रभु साहको प्रश्न- ओलीजी साँच्चै नेपाल र नेपाली जनताको प्रधानमन्त्री हो ?

काठमाडौं, असोज ३ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली देश र जनताको प्रधानमन्त्री हो कि होइन भनेर प्रश्न उठाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘नेपालको संविधानः समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले ओली साँच्चिकै नेपाल र नेपालीको प्रधानमन्त्री हो भने नेपालको सम्पत्ति अमेरिका पुगेको विषयमा खोज्न चुनौती दिएका हुन्। 

Hardik ivf

'साँच्चै तपाईं नेपालकै प्रधानमन्त्री हो ? नेपाली जनताकै प्रधानमन्त्री हो ? तपाईंको जिउमा नेपालीकै रगत र पसिना छ ? यदि छ भने जसले नेपालको नागरिकता त्यागे, उनीहरुको पैत्तिक सम्पत्ति कहाँ छ ? त्यो सोध्न चाहन्छु । हेक्टर हेक्टरका जग्गा बेचेर नेपालीहरुले पैसा अमेरिका, अष्ट्रेलिया लैजान मिल्छ कि मिल्दैन् ? नेपालीहरुको भूभाग, जमिन, पूर्वजले आर्जिएको जमिन अमेरिका लैजान मिल्छ ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु तपाईं साँच्चै नेपाल र नेपालीहरुको प्रधानमन्त्री हो भने ती सम्पत्ति कहाँ छन् ? त्यसको जवाफ दिनुहोस्,' उनले भने। 

साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने पनि बताए। यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको पनि उनको दाबी थियो। यसको प्रवृत्ति र चरित्र लुटकारी रहेको पनि उनले बताए। 

उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको भन्दै हिजो पञ्चायतकालमा जनप्रतिनिधिहरु राजाबाट डोमिनेट भएजस्तै आज दलबाट डोमिनेट भएको बताए । 

'नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरु डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरु राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु,' उनले भने। 

 

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्