Kathmandu Press

एक अर्काबाट असुरक्षित रहेको भन्दै सिके राउत र उनकी श्रीमतीले प्रहरीसँग मागे सुरक्षा

 जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले एक अर्काबाटै असुरक्षित भएको बताउँदै प्रहरीसँग सुरक्षा मागेका छन्।
एक अर्काबाट असुरक्षित रहेको भन्दै सिके राउत र उनकी श्रीमतीले प्रहरीसँग मागे सुरक्षा
जनमत पार्टीका अध्यक्ष सिके राउत। फाइल तस्बिर।

काठमाडौं, असोज ३।  जनमत पार्टीका अध्यक्ष सिके राउत र उनकी श्रीमती सोनी सिन्धु रानीले एक अर्काबाटै असुरक्षित भएको बताउँदै प्रहरीसँग सुरक्षा मागेका छन्।

बिहीबार अध्यक्ष राउतकी श्रीमती रानीले आफू श्रीमानबाट असुरक्षित भएको उल्लेख गरी सुरक्षा माग गर्दै ललितपुर प्रहरीमा निवेदन दिएकी हुन्। 

जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी प्रभाग इमाडोलमा रानीले निवेदन दिएको जनाएको छ। 

परिसरका एसपी नरेशराज सुवेदीले निवेदन आएकाले माग अनुसार बुझेर प्रक्रिया अगाडि बढाउने जानकारी दिए। 

यसअघि सिके राउतले पनि आफू श्रीमतीबाटै असुरक्षित भएको उल्लेखित निवेदन दिएर प्रहरीसँग सुरक्षा माग गरेका थिए। 

दुवै पक्षबाट छुट्टाछुट्टै सुरक्षा माग्दै निवेदन आएपछि दुवैलाई बोलाएर छलफल गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउने एसपी सुवेदीले जानकारी दिए। 

अध्यक्ष राउतले भदौ १२ गते श्रीमती रानीविरूद्ध सम्बन्धबिच्छेदको मुद्दा दायर गरेका थिए। उनीहरूका दुई छोरी र एक छोरा छन्। राउतले सन्तान आफैसँग राख्न पाउनुपर्ने माग गरेका छन्। 

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, असोज ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्