Kathmandu Press

नाममात्रै परिवर्तन भयो, व्यवस्था परिवर्तन भएन : ज्ञानेन्द्र शाही

उनले नेपालको संविधानमा नागरिकहरुका लागि व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयन नहुँदा शासकहरुलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए। 
नाममात्रै परिवर्तन भयो, व्यवस्था परिवर्तन भएन : ज्ञानेन्द्र शाही
फाइल तस्बिर।

काठमाडौं, असोज ३ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले व्यवस्था परिवर्तनका नाममा जनतालाई झुक्काउने काम भएको बताएका छन्। 

‘नेपालको संविधान समाधान कि समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीको नाम लिँदै नेता शाहीले गणतन्त्रको नाममा व्यक्ति, सिस्टम र आचरण परिवर्तन भएर नाममात्रै परिवर्तन भएको बताए।

Hardik ivf

‘आचरण एउटै, काम एउटै, सिस्टम एउटै, व्यवस्था एउटै, नाममात्रै परिवर्तन गरेर हुन्छ। यहाँ पटक–पटक व्यवस्था परिवर्तन गर्यौं भन्छन्m के परिवर्तन गर्यौ? पञ्चायत कालमा मन्त्री भएकाहरु गणतन्त्रमा पनि छन्,’ उनले भने, ‘शेरबहादुर देउवा र केपी ओली यो देशको प्रधानमन्त्री र दलको नेता भएर बसेका छन्। व्यक्ति परिवर्तन भयो? भएन। सिस्टम परिवर्तन भयो? भएन, नाममात्रै परिवर्तन भयो।’

उनले नेपालको संविधानमा नागरिकहरुका लागि व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयन नहुँदा शासकहरुलाई कारबाही गरिने कुराको सुनिश्चितता गर्न नसकेको बताए। 

‘जनताले पञ्चायत व्यवस्था मानिरहेका छन् । सांसद्ले विकास गरोस् सोचिरहेका छन्, पुलिसले न्याय दिन्छ भनिरहेका छन् । जनताको माइन्ड अहिले पनि पञ्चायतकै छ,’ उनले भने।

लुट्न पाएकाहरुले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई ठीक भनिरहेका भन्दै सांसद शाहीले वर्तमान व्यवस्था ठीक भन्ने व्यक्ति दास वा राजनीतिक कमैयाबाहेक अर्को कोही हुन नसक्ने बताए। 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्