Kathmandu Press

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार श्रेष्ठलाई सम्मान   

श्रेष्ठले उक्त पुरस्कार राशी इहटरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक पिवी दियालीलाई स्वास्थ्योपचारका लागि दिने घोषणा समेत गरेका छन्।
देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार श्रेष्ठलाई सम्मान   

काठमाडौं, असोज ३ : अग्रज पत्रकार शम्भु श्रेष्ठलाई विहीबार ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०८१’ बाट पुरस्कृत गरिएको छ । श्रेष्ठलाई एक लाख राशिको पुरस्कारसहित सम्मान गरिएको हो।  

श्रेष्ठले उक्त पुरस्कार राशी इहटरीबाट प्रकाशित गणराज्य साप्ताहिकका सम्पादक पिवी दियालीलाई स्वास्थ्योपचारका लागि दिने घोषणा समेत गरेका छन्। स्वर्गीय वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेण्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको उक्त पुरस्कार यो वर्ष दृष्टि मिडियाका अध्यक्ष एवम् सम्पादकसमेत रहेका श्रेष्ठलाई सम्मान पत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। 

भक्तपुरको भादगाउँ होटलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा श्रेष्ठले सम्मान ग्रहण गर्दै पुरस्कार बापतको एक लाख रुपैयाँ रकम मृगौला रोगबाट पीडित पिवी दियालीको स्वास्थ्योपचारमा खर्च गर्ने घोषणा गरेका हुन्। 

करेण्ट पब्लिकेशनले पनि पत्रकार दियालीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने बताएको छ । इटहरीका सक्रिय पत्रकार दियालीको दुवै मिर्गौला फेल भएपछि उनी उपचारका निम्ति आर्थिक समस्या झेलिरहेका छन् । दियालीको हाल वीर अस्पतालमा केही समयअघि मिर्गौला प्रत्यारोपण गरिएको छ।

संगठनका संस्थापक पत्रकार दियालीको हालै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ। 

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, असोज ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्