संविधान जलाउँदै माइतिघरमा सडकमै सुते राजेन्द्र महतो
नेता महतोले संविधानको विरोधमा क्रान्तिको आव्हान समेत गरे। नवघोषित राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले यसअघि बहुलराष्ट्र राज्य स्थापनार्थ भन्दै असोज ३ गते माइतीघरमण्डलमा जम्मा हुन आह्वान गरेको थियो।काठमाडौं, असोज ३ : मधेशवादी नेता राजेन्द्र महतोले सडकमा सुतेर संविधान दिवसको विरोध गरेका छन्।
महतो नवघोषित राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका अध्यक्षसमेत हुन्। महतोसँगै उक्त पार्टीका अन्य नेता कार्यकर्ता पनि संविधानको विरोधमा काठमाडौंको माइतीघरमण्डलास्थित सडकमै सुतेका हुन्। विरोधकाक्रममा संविधानको प्रति पनि जलाएका छन्।
संविधान दिवसको विरोधमा माइतीघरमा विरोधका क्रममा उनीहरू सडकमा सुतेका हुन्। नेता महतोले संविधानको विरोधमा क्रान्तिको आव्हान समेत गरे। नवघोषित राष्ट्रिय मुक्ति क्रान्ति पार्टीले यसअघि बहुलराष्ट्र राज्य स्थापनार्थ भन्दै असोज ३ गते माइतीघरमण्डलमा जम्मा हुन आह्वान गरेको थियो।
डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार, घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो । प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो।
यता, तराई मधेश लोकतान्त्रिक पार्टीले पनि संविधानको विरोध गरेको छ। महन्थ ठाकुर नेतृत्वको उक्त पार्टीले जनकपुरधाममा कालो झण्डा गाडेर विरोध जनाएको छ।