Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान 

बिहीबार बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो। 
प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी आह्वान 

काठमाडौं, असोज ३ : प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध संसदीय सुनुवाइ समिति सुनुवाई समितिले सार्वजनिक उजुरी आव्हान गरेको छ। 

बिहीबार बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध उजुरी आव्हान गर्ने निर्णय गरेको हो। 

सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीशका लागि सर्वसम्मत सिफारिस गरेको थियो। 

यस्तै, समितिको बैठकले अस्ट्रेलियाका प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालविरुद्ध पनि आह्वान गर्ने गर्ने निर्णय गरेको छ।

प्रस्तावित प्रधानन्यायाधीश र राजदूतविरुद्ध सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव बैठकले पारिस गरेसँगै समिति सभापति ईश्वरी न्यौपानले सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिएकी छन्। 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्