Kathmandu Press

स्थानीय तहहरुलाई मर्ज गरेर ५ सयमा झार्न स्वर्णिम वाग्लेको प्रस्ताव

‘बलियो र सवच्छ सुदृढ संघीय सरकार होस्, स्थानिय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५ सयभन्दा मुनीमै जाऔं,’ उनले भने, ‘अहिले  धेरै पालिकाहरू मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामी मर्म अनुसार काम गर्न सकिरहेका छैनौं।’
स्थानीय तहहरुलाई मर्ज गरेर ५ सयमा झार्न स्वर्णिम वाग्लेको प्रस्ताव

काठमाडौं, असोज ३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले स्थानीय तह र प्रदेश सरकारले संविधानको मर्म अनुसार काम गर्न नसकेको बताएका छन्। 

बिहीबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘संविधान मन्थन’ कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पालिकाहरुलाई एकीकृत गरेर पाँच सयभन्दा कम स्थानीय तह बनाउनुपर्ने बताएका हुन्। 

Hardik ivf

‘बलियो र सवच्छ सुदृढ संघीय सरकार होस्, स्थानिय पालिकाहरुलाई ७५३ वटा चाहिँदैन, ५ सयभन्दा मुनीमै जाऔं,’ उनले भने, ‘अहिले  धेरै पालिकाहरू मर्ज भएर शिक्षाको दृश्टिकोणबाट पनि उपयुक्त हुने गरेर अगाडि बढ्न सकिन्छ । हामी मर्म अनुसार काम गर्न सकिरहेका छैनौं।’

डा. वाग्लेले प्रदेश तहमा भने समन्वयकारी र छरितो निकाय बनाउनुपर्ने बताए । उनले मुलुक संघीयताको अभ्यासमा गएको भएपनि अझैपनि काम, कर्तव्य र अधिकारको सन्दर्भमा अन्यौलता सिर्जना भइरहेको बताए। 

प्रकाशित मिति: १३:५८ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्