एकैपटक १२ सयबढी कर्मचारीको सरुवा, को कहाँ पुगे?
सरुवा हुनेमा ६४६ जना नासु र खरिदार छन् भने ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत रहेको छ। मन्त्रालयका अनुसार सरुवा हुनेमा ७० जना उपसचिव पनि छन्।
काठमाडौं, असोज ३ : सरकारले एकैपटक १२ सयबढी कर्मचारीको सरुवा गरेको छ। सरकारले एक साताको अवधिमा यी कर्मचारीको सरुवात गरेको छ।
केही दिनअघि नै कर्मचारी सरुवा गरिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबारमा विवरण सार्वजनिक गरेको हो।
सरकारले नासु, खरिदार, शाखा अधिकृत र उपसचिव गरी एकैपटक साढे १२ सय कर्मचारीको सरुवा गरेको हो।
सरुवा हुनेमा ६४६ जना नासु र खरिदार छन् भने ५३७ जना इन्जिनियरसहित शाखा अधिकृत रहेको छ। मन्त्रालयका अनुसार सरुवा हुनेमा ७० जना उपसचिव पनि छन्।
काे कहाँ पुगे ? हेर्नुस् सूची
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार