Kathmandu Press

दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सो दुर्घटनामा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। 
दाङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दाङ, असोज ३ : दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा८प २९४० नम्बरको मोटरसाइकल बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना भएको थियो। 

सो दुर्घटनामा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो।

प्रकाशित मिति: १२:४४ बजे, बिहीबार, असोज ३, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्