सर्वसाधाराणले आजबाट धरहरा निशुल्क चढेन पाउने
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको अबसर पारेर बिहीबारबाट सर्वसाधारणका लागि खुलागरिएको हाे।काठमाडौं, ३ असोज : भुकम्पले तहसनहस बनाएको नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ।
२०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको अबसर पारेर बिहीबारबाट सर्वसाधारणका लागि खुलागरिएको हाे।
संविधानदिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्ण रूपमा भने सकिएको छैन। सहरी विकास मन्त्रालयका अनुुसार धरहराको ९८ प्रतिशत संरचनानिर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ । परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो।
तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण नसकिए पनि अन्य संरचना निर्माण ४२ प्रतिशतमात्रै पूरा भएको थियो ।
अर्को व्यवस्था नभएसम्म केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने भएको छ। रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्यान पर्ने बताइएको छ।
धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीकै पालामा सुरुवात गरी २०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा उद्घाटन गरिएको थियो।