Kathmandu Press

चाडपर्व लक्षित सुपथ मूल्यकाे पसल आजबाट संचालनमा

संविधान दिवसको अवसर पारेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय परिसर एक कार्यक्रम बिच बिहीबारबाट शुरु गरिने भएको छ। 
चाडपर्व लक्षित सुपथ मूल्यकाे पसल आजबाट संचालनमा

काठमाडौं, ३ असोज : सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ।

संविधान दिवसको अवसर पारेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय परिसर एक कार्यक्रम बिच बिहीबारबाट शुरु गरिने भएको छ। 

Hardik ivf

संविधान दिवसको अवसरमा सुपथ मूल्य पसल संचालन गरेर जनतालाई चाडपर्वको समयमा मूल्यवृद्धिबाट राहत दिने योजना अघि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले बताए।

मन्त्री भण्डारीले भने–‘मन्त्रालयको तर्फबाट खाद्य कम्पनी र साल्ट ट्रेडिङ दुई संस्थानको आयोजनामा ४२ जिल्लाको ६१  स्थानमा संविधान दिनवसको अवसरमा आम जनतालाई सहज रुपमा अत्यावश्यक वस्तु उपलब्ध गराउन सुपथ मुल्यका पसलहरु संचालन गरिएकाले सरकारको तर्फबाट उपलब्ध हुने यो राहतलाई सहज रुपमा लिनका लागि सुपथ मूल्य पसबलाट खाद्यन्न खरिद गर्न आग्रह गर्दछु।’

खाद्य कम्पनी लिमिटेड र  साल्ट ट्रेडिङले आ–आफ्नै बिक्री कक्ष भएका स्थानबाट बजार मूल्यभन्दा केही छुट रकममा खाद्यन्न बिक्री गर्ने योजना बनाएका छन्। 

विगतका चाडपर्वमा जस्तै १० रुपैयाँसम्म छुटको योजना राखिएको थियो। चाडपर्वमा खाद्यन्न खरिदमा छुट उपलब्ध गराउन सरकारले दुई संस्थानलाई शोधभर्नाका लागि तीन करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।


 

प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्