सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित
कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनाए।काठमाडौं, असोज २ : मन्त्रिपरिषद बैठकले सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस र एमालेलगाउत गठबन्धन सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको हो।
सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ कार्यदलले आजै प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको थियो।
कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जनाए।
कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशसरण महत, एमालेका उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदलले साझा संकल्प तयार गरेको हो।
प्रकाशित मिति: २१:२९ बजे, बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: देउवाबुधबार, मंसिर १२, २०८१
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ: प्रवक्ता महतबुधबार, मंसिर १२, २०८१
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीचको भेटमा के भयो कुराकानी ?बुधबार, मंसिर १२, २०८१
बीआरआई ऋणमा लिनु उचित छैन : ज्ञवालीबुधबार, मंसिर १२, २०८१