Kathmandu Press

प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

महासभामा उपस्थित भएका विदेशी पाहुनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। 
प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

काठमाडौं, असोज २ : प्रधानमन्त्री केपी ओलीले आगामी सेप्टेम्बर २६ मा संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने भएका छन्। 

प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले बुधबार औपचारिक घोषणा गरेको छ। महासभामा उपस्थित भएका विदेशी पाहुनाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने भोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। 

Hardik ivf

यसैगरी, संयुक्त राष्ट्र संघले नै आयोजना गर्ने ‘फ्युचर समिट’ लाई पनि संवोधन गर्ने भएका छन् । उनले सेप्टेम्बर २३ मा उनले न्युर्योकस्थित कोलम्बिया विश्वविद्यालयमा ‘लोकतन्त्र र आर्थिक समृद्धितिर नेपालको यात्रा’ विषयमा पनि सम्बोधन गर्ने भएका छन्। 

हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा ‘नेपालको दृष्टिकोणः संक्रमणकालीन न्यायदेखि वातावरण न्यायसम्म’ विषयमा सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको छ। महासभाकाक्रममा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय बैठक गर्ने छन्। 

यस्तै अन्य उच्चस्तरीय साइडलाइनमा भेटवार्ता समेत गर्ने तय भएको छ। प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागि छन्। 

प्रकाशित मिति: २०:१५ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्