सहकारी अपचलनको प्रतिवेदन मन्त्रिपरिषदमा
संसद्को निर्देशन अनुरुप प्रतिवेदनको पूर्णपाठ मन्त्रिपरिषद्मा पठाएको जनाइएको छ। मन्त्रिपरिषद् बैठकले निर्णय गरी सम्बन्धित निकायमा पठाएपछि मात्र कारबाही प्रक्रिया अघि बढ्ने छ।
काठमाडौं, असोज २ : प्रतिनिधिसभाद्वारा गठित सहकारी संस्था रकम अपचलनका बिषयमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन बुधबार मन्त्रिपरिषद्मा पठाइएको छ।
मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्ने छ। छानविन प्रतिवेदन गत ३१ भदौमा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो।
संसद्को निर्देशन अनुरुप प्रतिवेदनको पूर्णपाठ मन्त्रिपरिषद्मा पठाएको जनाइएको छ। मन्त्रिपरिषद् बैठकले निर्णय गरी सम्बन्धित निकायमा पठाएपछि मात्र कारबाही प्रक्रिया अघि बढ्ने छ।
प्रकाशित मिति: २०:१३ बजे, बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार