Kathmandu Press

आमरण अनशनरत सिलवालको जीवनरक्षा गर्न गृहलाई आयोगको पत्र 

तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवाल गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा बसेका छन्। 
आमरण अनशनरत सिलवालको जीवनरक्षा गर्न गृहलाई आयोगको पत्र 

काठमाडौं, असोज २ : आमरण अनशनमा बसेका दीपक सिलवालको जीवनरक्षा राष्ट्रिय मानव अधिकार आयोगले बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवाल गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा बसेका छन्। 

उनले प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकको स्वास्थ्योपचार गर्न आपत्कालीन हेलीकप्टरमार्फत उद्धार गर्न माग राखेर आमरण अनसन शुरु गरेका हुन्। 

आयोगले स्वास्थ्य अवस्था सम्बन्धबारे अनुगमन गरी जीवनरक्षाका लागि गृहलाई पत्राचार गरेको हो।

आयोगको अनुगमनबाट सिलवालको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको पाइएको छ  आयोगले स्वास्थ्योपचारसहित जीवनरक्षा गर्न पत्रमा भनेको छ। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई पनि आयोगले ध्यानाकर्षण पत्र पठाएको  । 


 

प्रकाशित मिति: २०:११ बजे, बुधबार, असोज २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्