Kathmandu Press

एनएसए कप पौडी हुँदै

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज १३ र १४ गते दुई दिन सातदोबाटो स्थित आउटडोर पौडी पोखरीमा खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।
एनएसए कप पौडी हुँदै

काठमाडाैं, असाेज २ : नेपाल पौडी संघले १२ औं संस्करणको एन.एस.ए. कप पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ। 

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज १३ र १४ गते दुई दिन सातदोबाटो स्थित आउटडोर पौडी पोखरीमा खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो।

Hardik ivf

यो प्रतियोगितालाई नेपालमा पौडी खेलाडीको विकास, मुल्यांकन र नवप्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएको आयोजकले जनाएको छ। 

‘यो प्रतियोगितालाई हामीले नेपालमा पौडी खेलाडीको वृत्ति विकास, मुल्यांकन र नव प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने एउटा ऐतिहासिक कडिको रुपमा लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ।

आयोजकका अनुसार प्रतियोगितामा विभिन्न विद्यालय, पौडी क्लब र प्रदेशहरुबाट ३५० खेलाडीहरुको सहभागिता रहनेछ। 

प्रतियोगितामा खेलाडीहरुको उत्कृष्ट प्रदर्शनसँगै नयाँ राष्ट्रिय कीर्तिमानहरु कायम गर्ने विश्वास आयोजक पौडी संघले लिएको छ। प्रतियोगितामा खुल्ला (महिला÷पुरुष) र विभिन्न उमेर समूह (महिला÷पुरुष) गरी ७२ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ। 

राष्ट्रिय किर्तिमान कायम गर्ने खेलाडीलाई नयाँ कायम समयको आधारमा १ सेकेण्ड भन्दा कम समय भएमा ५ हजार,१ सेकेण्डदेखि ३ सेकेण्ड सम्मलाई १० हजार र ३ सेकेण्ड भन्दा माथिको फरकमा राष्ट्रिय किर्तिमान कायम गरेमा २० हजार रुपैयाँ प्रदान गरिने छ। 

प्रत्येक उमेर समूह र खुल्लामा सहभागी खेलाडीहरु मध्ये उत्कृष्ट महिला र पुरुष खेलाडीलाई जनही ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ। 
 

प्रकाशित मिति: १९:४४ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्