Kathmandu Press

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री 

‘यो संविधान अहिलेको अवस्थामा असल मध्येको असल संविधान हो, हामीले  एउटा असल संविधान बनायौं,’ उनले भने, ‘संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन, किनभने पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन। यो संविधान असल मध्येको संविधान हो।’
नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री 

काठमाडौं, असोज २ : गृहमन्त्री रमेश लेखकले वर्तमान संविधान अहिलेसम्मकै असल संविधान भएको बताएका छन्। 

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रममा उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताए।

‘यो संविधान अहिलेको अवस्थामा असल मध्येको असल संविधान हो, हामीले  एउटा असल संविधान बनायौं,’ उनले भने, ‘संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन, किनभने पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन। यो संविधान असल मध्येको संविधान हो।’

उनले नेपालको लामो संवैधानिक र राजनीतिक यात्राको अनुभवबाट यो संविधानको उत्पत्ति भएको भएकमाो बताए। यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको गृहमन्त्री लेखकले बताए। 

नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताउँदै उनले यो संविधानले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए । 

प्रकाशित मिति: १९:३१ बजे, बुधबार, असोज २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्