Kathmandu Press

धरहरा केही समयका लागि मात्रै खुल्ने, निःशुल्क चढ्न पाइने

संविधान दिवसका अवसरमा भोलिदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा आउँदैछ। 
धरहरा केही समयका लागि मात्रै खुल्ने, निःशुल्क चढ्न पाइने
फाइल तस्बिर।

काठमाडौं, असोज २ : काठमाडौंको सुन्धारास्थित धरहरा केही समयका लागि निःशुल्क चढ्न पाइने भएको छ।

बुधबार धरहरा निरीक्षणका लागि पुगेका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा तत्कालका लागि निःशुल्क चढ्न पाइने व्यवस्था गरिएको बताएका हुन्।

Hardik ivf

'तत्कालका लागि निःशुल्क रूपमा चढ्न सकिन्छ। कसरी सञ्चालन गर्ने भन्नेबारे कार्यविधि र नियमावली बनेपछि सार्वजनिक हुन्छ,' उनले भने।

उनले एक दिनअघि अनलाइन बुकिङ गरेकाले मात्रै चढ्न पाउने पनि बताए। उपप्रधानमन्त्री सिंहले धरहरा निर्माण अझै पूरा नभइसकेको पनि बताए।

'सबै कम्पोनेन्टहरू सम्पन्न भइसकेका छन् तर अझै पूरा भएका छैनन्। संविधान दिवसका दिवसको उपलक्ष्यमा धरहरालाई अपरेशनमा लैजानका लागि कसरी सञ्चालन गर्ने भन्ने कुरा पछि हुन्छ,' उनले भने।  

धरहरा बन्न थालेको लामो समय हुँदा नागरिकहरूले चढ्न नपाएको गुनासो आएपछि अस्थायी रूपमा खुलाउन लागिएको उपप्रधानमन्त्री सिंहले बताए। 'अहिलेचाहीँ केही समयका लागि मात्र सञ्चालन गर्न लागेका हौं,'  उनले भने।

उपप्रधानमन्त्री सिंहले एकदिन अघि अनलाइन बुकिङ गरेकालाई मात्रै धरहरा चढ्न दिइने पनि बताए। संविधान दिवसका अवसरमा भोलिदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा आउँदैछ। 

प्रकाशित मिति: १९:१२ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्