Kathmandu Press

स्थानीय तहकाे उपनिर्वाचनकाे कार्यतालिका सार्वजनिक 

आयोगले यसअघि आगामी मंसिर १६ गते आइतबारका लागि स्थानीय तह उपनिर्वाचन तय गरिसकेको छ। आयोगले दलको दर्ताको सूचना २०८१ असोज ९ गते प्रकाशन गर्ने जनाएको छ। 
स्थानीय तहकाे उपनिर्वाचनकाे कार्यतालिका सार्वजनिक 

काठमाडौं, असाेज २ : निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि बुधबार कार्यातालिका सार्वजनिक गरेको छ। 

आयोगले यसअघि आगामी मंसिर १६ गते आइतबारका लागि स्थानीय तह उपनिर्वाचन तय गरिसकेको छ। आयोगले दलको दर्ताको सूचना २०८१ असोज ९ गते प्रकाशन गर्ने जनाएको छ। 

असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गरिने छ। यस्तै, असोज २० गते दल दर्ता स्वीकृत, निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका छ। 

त्यसपछि कार्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, मतदान स्थल निर्धारण गर्ने र कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यतालिका पनि तय गरिएको छ। मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने भनएको छ। 
 
प्रकाशित मिति: १८:४५ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्