Kathmandu Press

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 

प्रदेश सभा बैठकमा ८३ सांसद उपस्थीत थिए। कार्कीको पक्षमा ६६ मत खस्दा विपक्षमा १५ मत मात्र परेको थियो। बैठकमा दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन्। 
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत 

काठमाडौं, असोज २ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत पाएका छन्। 

९३ सदस्यीय प्रदेशसभामा कार्कीको पक्षमा ६६ मत खसेको थियो। बहुमतका लागि ४७ मत भए पुग्थ्यो। कांग्रेस र एमालेको समर्थनमा कार्कीले विश्वासका मत पाएक हुन्। 

प्रदेश सभा बैठकमा ८३ सांसद उपस्थीत थिए। कार्कीको पक्षमा ६६ मत खस्दा विपक्षमा १५ मत मात्र परेको थियो। बैठकमा दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन्। 

कार्की गत २७ बैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले ३१ बैशाखमा विश्वासको मत लिए पनि माओवादी केन्द्रलेसमर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिएका हुन्। 
 
प्रकाशित मिति: १८:२३ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्