०८४ मा बहुमत र ११औं महाधिवेशनमा १० लाख कार्यकर्ता पुर्याउन एमालेले गर्न लागेको १८ काम [पूर्णपाठ]
११औं महाधिवेशनसम्म पार्टी सदस्यता संख्या १० लाख पुर्याउने योजनासहित जनसंगठन र सम्पर्क मञ्चहरूलाई क्रियाशील बनाएर नयाँ सदस्य विस्तार गर्ने कार्ययोजना एमालेको छ।काठमाडौं, असोज २ : नेकपा (एमाले)ले आगामी संघीय निर्वाचनमा पार्टीलाई पहिलो र बलियो शक्ति बनाउन वार्षिक कार्ययोजना तयार पारेको छ।
भदौ १८ र १९ गते बसेको पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको वार्षिक कार्ययोजना पारित भई केन्द्रीय सदस्यहरूमा सर्कुलरसमेत भएको छ।
उक्त कार्ययोजनामा एमालेलाई २०८४ को आम निर्वाचनमा बहुमतप्राप्त बलियो राष्ट्रिय शक्ति बनाउने र एघारौं राष्ट्रिय महाधिवेशनमा संगठित सदस्य १० लाख पुर्याउनका लागि पार्टीले गर्ने १८ काम निर्धारण गरिएको छ।
सर्कुलरमा पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएकाले नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने भनिएको छ।
त्यस्तै आगामी वर्षको पार्टी सदस्यता नविकरण र विस्तारको काम समयमै समाप्त गर्ने, वडामा मतदाताको संख्या कम्तिमा ३ प्रतिशत बढाउने, पालिका र जिल्लामा ६ प्रतिशत पार्टी सदस्य संख्या पुर्याउने लक्ष्य राखिएको छ।
११ औं महाधिवेशनसम्म पार्टी सदस्यता संख्या १० लाख पुर्याउने योजनासहित जनसंगठन र सम्पर्क मञ्चहरूलाई क्रियाशील बनाएर नयाँ सदस्य विस्तार गर्ने कार्ययोजना एमालेको छ।
एमालेले संगठनलाई चुस्त राख्नका लागि पनि विभिन्न कार्ययोजना तोकेको छ।
कमिटीका पदाधिकारी र सदस्य सबैका लागि पार्टीको काम स्पष्ट रूपमा तोक्नेदेखि त्यसको कार्यान्वयन भए/नभएको समेत मूल्यांकन गर्ने विधि स्थापना गर्न सर्कुलर गरिएको छ।
पार्टीको लक्ष्यमा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता दुवै चुनौती रहेको विश्लेषण एमालेको छ। त्यसकारण पार्टीको राजनीतिक कार्यदिशा प्रभावकारी ढंगले कार्यान्वयन गर्न पार्टीका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध, अनुशासित, सक्षम र प्रतिबद्ध हुनुपर्नेमा जोड दिइएको छ।
एमालेले माओवादी केन्द्रसँग एकतापश्चात बनेको नेकपाकालमा संगठन विस्तारको काम हदैसम्म अवरूद्ध भएको विश्लेषण पनि गरेको छ। त्यसलाई पूर्ति गर्नका लागि स्कुलिङ र प्रशिक्षणलाई प्रभावकारी बनाउने योजना बनाएको छ।
यस्तो छ पूर्णपाठः