Kathmandu Press

सहकारी अपचलनको विषय उठान गरेकोमा देउवाले दिए गगनलाई धन्यवाद 

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर। रवि लामिछानेजी चलाख मान्छे हुनुहुँदोरहेछ, कुरा सुनेर म त छक्कै परेँ। त्यसकारण धन्यवाद दिन्छु तपाईंलाई।’ 
सहकारी अपचलनको विषय उठान गरेकोमा देउवाले दिए गगनलाई धन्यवाद 
फाइल तस्बिर।

काठमाडौं, असोज २ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता बाहिर ल्याएकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको एक महिने विशेष अभियानको बुधबार शुभारम्भ गर्नेक्रममा देउवाले महामन्त्री थापालाई धन्यवाद दिएका हुन् । सहकारीको रकम अपचलनका विषय महामन्त्री गगन थापाले उठान गरेको भनाई देउवाको थियो। 

मत्तव्यकाक्रममा देउवाले लामिछानेको संलग्नताबारे विगतमा आफूलाई विश्वास नै नलागेको बताए।

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर। रवि लामिछानेजी चलाख मान्छे हुनुहुँदोरहेछ, कुरा सुनेर म त छक्कै परेँ। त्यसकारण धन्यवाद दिन्छु तपाईंलाई।’ 

त्यस अवसरमा सभापति देउवाले पार्टीको संगठन विस्तारमा ध्यान दिई आन्तरिक विवादलाई मिलाउनेतिर लाग्नसमेत पनि निर्देशन दिए।

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्