Kathmandu Press

नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्ने पर्यटनमन्त्रीको पाण्डेको प्रतिबद्वता 

नयाँ बानेश्वरस्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसदमा पेश गर्ने विश्वास व्यक्त गरेका हुन्। 
नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्ने पर्यटनमन्त्रीको पाण्डेको प्रतिबद्वता 

काठमाडौं, असोज २ : संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेले बुधबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई सातवटै प्रदेशमाविस्तार गर्ने बताएका छन् । 

बुधबार नाथमको रबिभवनस्थित कार्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको नयाँ बानेश्वरस्थित कार्यालयको अवलोकनका क्रममा मन्त्री पाण्डेले नाथम विकास ऐन अन्तर्गत स्थापना भएको र यसको सञ्चालनका लागि कानुन अत्यावश्यक भएको बताउँदै उनले आगामी हिउँदे अधिवेशनबाट नाथम सम्बन्धी विधेयक संसदमा पेश गर्ने विश्वास व्यक्त गरेका हुन्। 

उनले नाथमबाट उत्पादित जनशक्ति दक्ष र विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि प्रमाणित भएको बताए। उनले नाथमले अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग समेत सहकार्य र सम्वन्य गर्नु पर्नेमा जोड दिए। 

नाथम सञ्चालनमा मन्त्रालयले कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने समेत मन्त्री पाण्डेले विश्वास दिलाए।
 

प्रकाशित मिति: १७:४७ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्