Kathmandu Press

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

पक्राउ गरेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएपछि प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिई थुनामा राख्ने बाटो खुलेको छ। 
दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, असोज २ : जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । त्यसलगत्तै प्रहरील पक्राउ पुर्जी जारी गरेको छ। 

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पक्राउ पूर्जीका लागि अदालतले आुमती दिएको हो। 

पक्राउ गरेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएपछि प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्यूरोमा परेको उजुरीका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिई थुनामा राख्ने बाटो खुलेको छ। 

प्रहरीले अदालतसँग अनुमती मागेको थियो। प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रसाईंसहित बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ। 
 
प्रकाशित मिति: १७:४६ बजे, बुधबार, असोज २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्